दफा ३५
सुविधा प्राप्‍त गर्न नसक्ने
: कुनै सदस्यले सहकारी संस्थालाई तिर्नु पर्ने कुनै दायित्व निर्धारित समयभित्र भुक्तान नगरेमा वा यो ऐन, यस अन्तर्गत बनेको नियम वा विनियम बमोजिम सदस्यले पालन गर्नु पर्ने व्यवस्थाको बारम्बार उल्लङ्घन गरेमा त्यस्तो सदस्यले अन्य सदस्य सरहको सुबिधा प्राप्‍त गर्न सक्ने छैन ।